पोखरा ।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टी सभापति शेरबहादुर देउवाले सुझबुझपूर्ण तरिकाले काम गरिरहेको बताएका छन् । नेपाली कांग्रेस कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन टुटाउन खोजे पनि सभापति देउवाकै कारण लक्ष्मा पुगेको बताए ।
गठवन्धनका विषयमा अनेक किसिमका भ्रमहरु सृजना गरिंदै आएको पनि भनि त्यसमा सत्यता नभएको उनले स्पष्ट पारे । उनले भने, ‘सबै जना ढुक्क भएर निर्वाचनमा केन्द्रित हुँदा हुन्छ, गठवन्धन कुनै पनि हालतमा टुट्दैन ।’
सत्ता गठवन्धन भत्काउन देशी, विदेशी शक्तिहरु लागेपनि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर सुझबुझपूर्ण तरिकाले काम गर्नुभएकाले गठवन्धन निकै दह्रो भएको स्पष्ट पारे ।
सहमहामन्त्री परियारले सिटको टुंगो छिट्टै लाग्ने बताए । ‘सिट बाँडफाडमा ठ्याक्कै यही भएको छ भन्न सकिने अवस्था नभएपनि तथापि हामीहरु अन्तिम चरणमा पुगेको मैले सूचना पाएको छु’, उनले भने ।













