काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावपछि सडकमा उत्रने घोषणा गरेका छन् ।
मार्क्सवादी ज्ञान केन्द्रले आज आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले आफू अहिलेको प्रणाली फेर्न सडकमा जाने घोषणा गरेका हुन । प्रचण्डले अहिलेका शासन प्रणाली र चुनाव प्रणाली फेर्न सडकमा जानुको विकल्प नरहेको बताए ।
प्रचण्डले भने, ‘हेरिरहनु होला चुनावपछि म सडकमा जान्छु । समाजवादमा जाने जुन परिकल्पना मैले गरेको छु त्यसका लागि यो मेसिनरी बदल्न जरुरी छ ।
शासन प्रणाली र चुनाव प्रणाली बदल्न जनतामा जानुको विकल्प छैन र त्यो आन्दोलन हुनेछ । हेर्नुहोला त्यो कसरी हुन्छ । हामीबाहेक अरुले सक्दैनन्, अरुले गर्ने आन्दोलन त प्रतिगमन हो ।’













