पोखरा ।
आउदो मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने क्रम जारी रहेको छ । आज कास्की क्षेत्र नम्बर ३ ‘ख’ मा एमालेबाट राजीव पहारी सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।
एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको आइतबार बसेको बैठकले पहारीलाई सर्वसम्मत सिफारिस गरेको एमाले कास्की ३ ख प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटिका संयोजक सुरेन्द्र गुरुङले जानकारी दिएका छन् ।













