असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ । आगामी २४ र ३१ भदौको शुक्रबार सेयर कारोबार हुने र असोज लागेपछि भने शुक्रबार हुँदै आएको कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेका प्रवक्ता मुरहारी पराजुलीले बताए ।

आइतबार बसेको नेप्से सञ्चालक समितिको बैंठकले सातामा ५ दिन मात्रै सेयर बजार सञ्चालन हुने र शुक्रबार हुँदै आएको कारोबार रोक्ने निर्णय गरेको उनले बताए ।

सरकारले २०७९ जेठबाट शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै जेठभर शुक्रबार नेप्सेमा पुरै समय सेयर कारोबार भएको थियो । तर, असार लागेसँगै सरकारले आइतबारको बिदा हटाएसँगै नेप्सेमा आइतबार पुरै समय र शुक्रबार पनि २ घण्टा कारोबार गर्ने निर्णय गर्दै सोही अनुसार कार्यन्वयनमा गर्‍यो । तर, तीन महिना नपुग्दै शुक्रबार सेयर कारोबार गर्ने निर्णयबाट नेप्से पछि हटेको छ ।

  • १९ भाद्र २०७९, आईतवार १५:१४ प्रकाशित