मुस्ताङ उडेको समिट एयरको जहाज पोखरामा आकस्मिक अवतरण

केन्द्रभाग मिडिया

कास्की ।

मुस्ताङ उडेको समिट एयरको विमान पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । कास्कीका एसपी अजय केसीका अनुसारे उडेको केही मिनेटमा जहाज आकस्मिक अवतरण गरिएको थियो ।

प्राविधिक समस्या देखिएका कारण आकस्मिक अवतरण गरिएको वताइएको छ । जहाज बिहान ७ बजेर ५९ मिनेटमा पोखराबाट मुस्ताङका लागि उडेको थियो । विमानमा १८ प्यासेन्जर यात्रारत थिए । विमान र यात्रु सुरक्षित छन् ।

  • १९ भाद्र २०७९, आईतवार १३:४८ प्रकाशित