साताको पहिलो दिन आज डलरको भाउ कति ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १२७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९८ पैसा रहेको छ ।

आज एक युरोको खरिददर १२७ रुपैयाँ ५५ पैसा बिक्रीदर १२८ रुपैयाँ १५ पैसा रहेको छ । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४८ रुपैयाँ १४ पैसा रहेको छ ।

आज एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा रहेको छ । यस्तै सिंगापुर डलरको खरिददर ९० रुपैयाँ ८९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३२ पैसा रहेको छ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०५ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८० पैसा र बिक्री दर ३४ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २८ रुपैयाँ ५४ पैसा रहेको छ ।

  • १९ भाद्र २०७९, आईतवार १०:४६ प्रकाशित