चोरेको जहाज उडाउँदै दुर्घटनाको धम्की दिने पाइलट पक्राउ

केन्द्रभाग मिडिया

अमेरिका ।

चोरेको जहाजज उडाउँदै दुर्घटनाको धम्की दिने पाइलट पक्राउ परेका छन् ।

अमेरिकाको उत्तरपूर्वी मिसिसिपीको टुपेलो सहरमा चोरेको जहाज घण्टौंसम्म आकाशमा घुमाएर जानीजानी दुर्घटना गराउन धम्की दिने पाइलटलाई हिरासतमा लिइएको हो ।

सहरको वालमार्ट स्टोरमा जानीजानी दुर्घटना गराउन धम्की दिने ती पाइलटले विमानलाई सुरक्षित रूपमा अवतरण गरेपछि हिरासतमा लिइएको गभर्नर टेट रिभ्सले जानकारी दिए ।

‘विमान अवतरण भएको छ । स्थिति समाधान भएको छ र कोही पनि घाइते भएका छैनन् । चरम सावधानीसाथ यो अवस्थालाई व्यवस्थापन गर्ने स्थानीय, राज्य र संघीय कानून प्रवर्तनलाई धेरै धेरै धन्यवाद ,’ गभर्नर रिभ्सले ट्वीट गरे ।

बिचक्राफ्ट किंग एयर ९० विमानलाई चालकले पाँच घण्टाभन्दा बढी समयसम्म उडाएका थिए, जसलाई प्रहरीले ‘खतरनाक अवस्था’ भनेर वर्णन गरेको थियो । प्रहरीले पाइलटको पहिचान वा उद्देश्यको बारेमा कुनै जानकारी दिएको छैन् ।

न्युज कारखाना

  • १९ भाद्र २०७९, आईतवार ०९:२१ प्रकाशित