थप २०० जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३७ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ९२ तथा एन्टिजेन विधिबाट १०८ जनामा गरी २०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३३९ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ६४२ पुगेको छ

  • १८ भाद्र २०७९, शनिबार १७:५५ प्रकाशित