काठमाडौं।
नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केही नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराएका छन ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार नेकपा ‘विप्लव’ समूहका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रविन्द्र सुनार, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कंञ्चनपुरका जिल्ला अध्यक्ष कल्पना परियारलगायत नेता कांग्रेस प्रवेश गरेका हुन ।
त्यसैगरी नेकपा काठमाडौं–कंञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दिपेश नागरी र मञ्चका सचिव राधव परियारसहितका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसका प्रवेश गरेका हुन ।
कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको पहलमा उनीहरु कांग्रेस प्रवेश गरेका हुन ।













