पोखरा स्टिल फेबिकेटर्श एसोसियसनको २२ औँ साधारण सभा सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा स्टिल फेबिकेटर्श एसोसियसन कास्कीको २२ औँ साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । एसोसियसन का अध्यक्ष ई. विश्व प्रकाश कर्माचार्यको अध्यक्षताम भएको साधारण सभामा उद्योग, व्यापार तथा उपभोक्त हित संरक्षष्ण निर्देशनालय गण्डकीका निमित्त निर्देशक प्रदिप रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेग्मीले व्यवसायीहरु जिम्मेवार भएर विश्वसनिय र गुणस्तरीय काम गर्नुपर्नेमा जोड दिए । अहिले पनि व्यवसाय दर्ता नगरी संचालन गर्ने गरिएको भन्दै राज्यको नियम सबैले स्विकार गर्नुपर्ने बताए । अनुगमनका क्रममा दर्ता नभएका व्यवसाय भेटिएको रेग्मीले बताए । व्यवायीलाई जागरण गर्न निर्देशनालयले विभिन्न कार्यक्रम गरिहेको बताए ।

एसोसियसनका अध्यक्ष कर्मचार्यले संस्था दर्ता नगर्ने र कर नतिर्नेहरुले बजारमा काम गरिरहेको बताए । संस्था दर्ता नगरी करोडौंको काम गरिरहेका छन्, सरकारले अनुगमन गर्न सक्दैन, कर्मचार्यले भने, ती निर्माणहरु कति सुरक्षित छन् एक पटक सोच्जनुपर्ने बेला आएको बताए ।

कार्यक्रममा एसोसिएसनका महासचिव भिम प्रसाद आचार्यले वर्षभरी भए गरेका गतिबिधि समेटेर वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा एसोसिएसनका सल्लाहकार नारायण वास्तोला, औधोगिक क्षेत्र उद्योग संघका प्रथम उपाध्यक्ष रुद्रलाल श्रेष्ठ र द्धितिय उपाध्यक्ष दिपेन्द्र बस्ताकोटी, सिजी हार्डवयरका दिनेश चौधरी, राष्ट्रिय उपभोक्त मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगल, सोसाइटी अफ नेप्लिज आर्किटेकका अध्यक्ष बाबुराम बराललेले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा एसोसिएसनका प्रथम उपाध्यक्ष बासुदेव पौडेलले स्वागत मन्तब्य राखेका थिए । पोखरामा करिब दुइ सय व्यवसायी एसोसिएसनमा आवद्ध रहेका छन् ।

  • १८ भाद्र २०७९, शनिबार १७:१२ प्रकाशित