पोखरा ।
पोखरा महानगरपालिकाले नयाँ नेतृत्व आएपछिका सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । पदस्थापन गरेको सय दिन पूरा गरेको अवसरमा शनिबार पत्रकार सम्मेलन गरी नगरप्रमुख धनराज आचार्यले सय दिनका सय उपलब्धि सार्वजनिक गरे ।
प्रमुख आचार्यले पदस्थापना कार्यक्रमको पहिलो दिन ३७५ वटा फुलका विरुवा रोपी आफ्नो कामको सुरुवात गरेका थिए । सोही कामलाई आचार्यले पहिलो उपलब्धिको रुपमा समावेस गरेका छन् ।
प्रमुख आचार्यले उज्यालो पोखरा अभियानको सुरुवातदेखि महागनरको सेवा प्रवाहमा एकद्धार प्रणाली, जनगुनासो सुन्न तथा सुनुवाइका लागि हेल्लो मेयर कार्यक्रमलाई सय दिनको उपलब्धिमा समावेस गरेका छन् । । साथै निजी संस्था संगको साझेदारीमा सार्वजनिक ७२ वटा सौचालय सर्वसाधरणका लागि खुल्ला गरिएको आचार्यले बताए ।
उज्यालो पोखरा कार्यक्रम अन्र्तगत नेपाल विधुत प्राधिकरण र पोखरा महागनरको (पचास÷ पचास प्रतिशत) १३ करोडको लागानीमा २३ वटा चोकहरुमा हाइ–मास्ट पोलमा १५ सय चार वटा सडक बत्ति जडन सुरु गरिएको आचार्यले बताए ।
महत्वपूर्ण स्थानका सार्वजनिक जग्गाहरूको विवाद समाधान तथा स्वामित्व फिर्ता, हजारौँको संख्यामा फलफूलका बिरुवाहरू रोपण, कृषि एम्बुलेन्स सञ्चालन, छात्रवृत्ति प्रदान तथा राहतरउपचार सहयोग लगायत कामहरू यस अवधिमा सम्पन्न गरिएको पात्रार सम्मेलनमा जानकारी दिए ।
साथै विभिन्न दातृ निकाय तथा विदेशका भगिनी सम्बन्ध कायम भएका दातृ निकायकोे साझेदारीमा दीर्घकालीन महत्त्वका योजनाहरूको सम्भाव्यता अध्ययन, डिपिआर निर्माण तथा निर्माण सम्झौता समेत गरिएको उनले बताए ।
युवा तथा बेरोजगारलाई लक्षित गरी ३० करोड पुजी भएको व्यवसाय प्रवद्धन केन्द्र स्थापना गरिएको महानगरले जनाएको छ । आगामी असोज मसान्तसम्म बेरोजगारहरुको लगत संकलन गरिसक्ने गरि काम भइरहेको महानगरको भनाई छ ।
भौतिक पूर्वाधार तर्फ बहुतले पार्किङ स्थल तथा सिटी बसपार्क निर्मार्णको अध्ययन एवं डिपिआर तयार पानै महानग र नगर विकास कोषकोविचमा सम्झौता भएको प्रमुख आचार्यले बताए । साविक लेखनाथ नगरपालिकाको तालचोक देखी बेगनासताल बसपार्कसम्कको सडक ४ लेनको बनाउन ७५ करोडमा ठेक्का सम्झौता भइसकेको सो क्रममा जानकारी दिइयो ।
पोखराको फोहोरमैला व्यवस्थापनको लागि देशका विभिन्न स्थानको अवलोकन भ्रमण र भारतको दिल्लीमा समेत पुगेर फोहोर व्यवस्थापनको प्रविधि वारे बुझ्ने काम भएको प्रमुख आचार्यले बताए ।
आगामी अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको अन्तराष्ट्रिय विमानस्थल संचालन गर्ने तयारी रहेकाले त्यस पहिलेनै अन्यन्त्र फोहोर व्यवस्थापन हुने आचार्यले प्रतिवद्धता जनाए ।
एक सय भन्दा बढि बाख्रा पाल्ने किसानर्ला विशेष सम्मानसहित २० लाख बराबरको अनुदान वितरण र किसानलाई राहात प्रदान गर्न चिस्यान सहितको कृषि एम्बुलेन्स खरिद प्रकृया अगाडी बढाइएको, सुन्तला कृषकहरुलाई किसान डिजिटल कार्ड वितरण गरी २० लाख अनुदान प्रदान गरिएको आचार्यले बताए ।
आचार्यले गण्डकी प्रदेश सहयोगमा पृथ्वीचोकको पोखरा वसपार्कको स्तरोन्नती गरिएको पोखराका सम्पूर्ण ढल तथा कल्भर्ट सरसफाई गरिएको ,देशका ६ वटै महानरको पोखरामा मेट्रो सम्मेलन, विभिन्न देशका राजदुतसंगको भेटघाट, सडक मर्मत, सार्वजनिक सम्पतिको संरक्षण, लालिगुरास रोपण अभियान, ४ वटा सामुदायीक विद्यालयलाई बस हस्तान्तरण, न्यायीक समिति लगायत अन्य समिति गठन र विभिन्न सरोकारवालाहरुसंगको बैठकलाई पनि सय दिनका कामको रुपमा उल्लेख गरेका छन् ।













