आचारसंहिता विपरित समाचार प्रकाशित गरे १० लाखसम्म जरिवाना

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले मिडिया र पत्रकारलाई जिम्मेवार र मर्यादित बनाउनको लागि कडाई गर्ने भएको छ ।

मिडिया काउन्सिल विधेयकमा कुनै पनि सञ्चारमाध्यमले आचारसंहिता विपरीत समाचार प्रकाशित गरे २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्ने व्यवस्था अघि सारेको छ ।

उक्त विधेयक जस्ताको तस्तै पारित भए र कसैको मर्यादा वा प्रतिष्ठामा आँच आउने गरी समाचार प्रकाशन, प्रसारण गरेको भन्दै उजुरी परेर जाँचबुझमा दोषी पाइए उक्त जरिवाना तिर्नुपर्ने छ ।

काउन्सिलबाट जारी भएको आचारसंहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेका कारण मर्यादा वा प्रतिष्ठामा आँच पुर्‍याएको भनी सम्बन्धित व्यक्तिले दफा १६ बमोजिम दिएको उजुरी उपर दफा १७ अनुसार जाँचबुझ गर्दा कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुगेको देखिएमा काउन्सिलले सम्बन्धित आम सञ्चारमाध्यम, प्रकाशक,पत्रकार वा सम्वाददातालाई २५ हजारदेखि दश लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ’, विधेयकमा भनिएको छ ।

उक्त विधेयकमाथि शुक्रबारबाट प्रतिनिधि सभामा छलफल सुरु भएको छ ।

  • १७ भाद्र २०७९, शुक्रबार १६:४६ प्रकाशित