एजेन्सी ।
अफगानिस्तानको हेरात प्रान्तमा रहेको एक मस्जिदमा नमाज पढिरहेको बेला विस्फोट भएको छ ।
आज शुक्रबार भएको बिस्फोटमा धर्मगुरुसहित १४ जनामा मारिएका छन् । धर्मगुरु मुल्ला मुजिब उर रहमान अंसारी मारिएका हुन् ।
यो हमलाको पछाडि आइएसआइएसको खुरासान ग्रुपको हात भएको अनुमान गरिएको छ । तालिबानले यसबारे हालसम्म कुनै जानकारी दिएको छैन ।