दशैं नजिकिएसँगै धमाधम हवाई टिकट बुकिङ

केन्द्रभाग मिडिया

काठमाडौं ।

दशैं नजिकिएसँगै हवाई टिकट धमाधम बिक्रि हुन थालेको छ ।

चाडबाडमा काठमाडौं छाडेर जानेहरुले हवाई टिकट बुकिङ तीव्र पारेका हुन् । वायुसेवा कम्पनीहरुका अनुसार अहिले दशैंको अन्तिम दिनहरुलाई लक्षित गरी उच्च दरमा टिकट काट्ने क्रम बढेको छ । यसमध्ये तुम्लिङटार विमानस्थलका लागि भने सबै टिकट बिक्री भइसकेको बुद्ध एयरले जनाएको छ ।

कम्पनीका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार यो विमानस्थल बाहेकका विमानस्थलमा भने अग्रिम बुकिङ धमाधम भइरहेको छ ।

यति एयरलाइन्सका अनुसार दशैंमा काठमाडौंबाट बाहिर जानेहरुले फूलपातिपछि बढी बुकिङ गरिरहेका छन् । दशैंको टिकाको भोली पल्टबाट भने उपत्यका बाहिरबाट काठमाडौं फर्कनेको चाप छ ।

कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार अहिलेसम्म ५० प्रतिशत भन्दा माथि टिकट बिक्री भइसकेको छ । सौर्य एयरलाइन्सले आज ९शुक्रबार०देखि दशैं र तिहारलाई केन्द्रित गरी अग्रिम बुकिङ खुला गरेको जानकारी गराएको छ ।

  • १७ भाद्र २०७९, शुक्रबार १५:३५ प्रकाशित