मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस

केन्द्रभाग मिडिया

विराटनगर ।

आगामी मंसिर ४ गतेको निर्वाचन नजिकिएसँगै धमाधम उम्मेदवारको नाम सिफारिस भइरहेको छ ।

यसैबीच जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएका छन् ।

जसपाले केन्द्रीय अध्यक्ष यादव र जिल्ला अध्यक्ष राजकुमार यादवको नाम प्रत्यक्ष तर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

विराटनगर आधार बनाएर राजनीति गरेका उपेन्द्र यादव पछिल्लो समय मोरङ ५ बाट उम्मेदवार बन्ने चर्चा छ । अध्यक्ष आउने टुङ्गो नभए पनि आउन चाहेमा ठाउँ खाली राखिएको जसपा नेताहरुले बताएका छन् ।

मोरङ ५ आउने चर्चा भएपनि उपेन्द्र यादव सप्तरीबाटै चुनाव लड्ने बताइन्छ ।

  • १७ भाद्र २०७९, शुक्रबार १४:०४ प्रकाशित