पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १२७ रुपैयाँ र बिक्रीदर १२७ रुपैयाँ ६० पैसा रहेको छ ।
आज एक युरोको खरिददर १२७ रुपैयाँ १० पैसा बिक्रीदर १२७ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६० पैसा रहेको छ । हिजो पनि पाउण्ड मुल्य यही रहेता पनि अस्ति बुधबार भने पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा रहेको थियो ।
आज एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ८७ रुपैयाँ रहेको छ । यस्तै सिंगापुर डलरको खरिददर ९० रुपैयाँ ७२ पैसा र बिक्रीदर ९१ रुपैयाँ १५ पैसा रहेको छ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ १२ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८ रुपैयाँ ५० पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९५ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७६ पैसा र बिक्री दर ३४ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३४ पैसा र बिक्रीदर २८ रुपैयाँ ४८ पैसा रहेको छ ।