राष्ट्रियसभा बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने तयारी

केन्द्रभाग मिडिया

राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ ।

राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो ।

तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरुको बोल्नेक्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो ।

बैठक भदौ १७ गते शुक्रबार अपराह्न २स् ५९ बजे बस्नेगरी बिहीबारका लागि स्थगित भएको थियो । उक्त विधेयकमाथिको हिजोको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाएका थिए ।

  • १७ भाद्र २०७९, शुक्रबार ०८:१६ प्रकाशित