पोखरा ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको दरभाउ हेरफेर गरेको छ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले बिहीबार भाउ बढाएर पठाएपछि निगम सञ्चालक समितिको बैठकले यहाँ पनि बढाउने निर्णय गरेको हो । नयाँ मूल्यसूची बिहीबार राति १२ बजेदेखि लागू भएको छ ।
नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर १ सय ७८ र मट्टीतेल १ सय ७८ पर्नेछ । त्यस्तै, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।
मूल्य समायोजनपश्चात् निगमलाई १५ दिनमा ३० करोड ५२ लाख नोक्सान हुने जनाएको छ ।