आन्दोलित कर्मचारी र शिक्षा मन्त्रालयबीच सहमति

केन्द्रभाग मिडिया

काठमाडौं ।

आन्दोलित कर्मचारी र शिक्षा मन्त्रालयबीच सहमति भएको छ ।

सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएको हो ।

बुधबार बसेको त्रीपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायक (लेखापाल) लाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरुको लागि श्रेणी विहीन सरहको तलब दिने सहमति जुटेको छ ।

यसअघि भएका सहमतिहरुमा पनि अर्थमन्त्रालयले बजेट नदिएकोले समस्या भएको भन्दै अर्थमन्त्रालय सहित वार्ता हुनुपर्ने परिषद्ले अडान लिएपछि शुक्रबार अर्थमन्त्रालय सहित वार्ता हुने परिषदका महासचिव शान्तिनाथ योगीले जानकारी दिए ।

उनले भने, ‘हिजोको वार्ता एकदमै सकारात्मक भएको छ । तर शिक्षा मन्त्रालयसँग मात्रै गर्दा विगतको जस्तै हुने डरले गर्दा अर्थमन्त्रालयसँग पनि वार्ता गर्नुपर्छ भनेर भोलि ९शुक्रबार० सबै पक्षबीच वार्ता बस्ने तयारी भइरहेको छ ।’

अन्य कर्मचारीको पन्ध्र प्रतिशतको तलब बढेको अनुसार विद्यालय कर्मचारीको लागि तलब वृद्धि गर्न अर्थमन्त्रालयले बजेट नछुट्याएकै कारण आन्दोलित हुनु परेकाले अर्थ मन्त्रालय सहित बस्नुपर्ने अडान लिएको महासचिव योगीले बताए ।

  • १६ भाद्र २०७९, बिहीबार १६:१८ प्रकाशित