बालकृष्ण खाँणको नाम रुपन्देही क्षेत्र नम्बर २ बाट सिफारिस

केन्द्रभाग मिडिया

काठमाडौं ।

गृहमन्त्री समेत रहेका काँग्रेस नेता बालकृष्ण खाँणको नाम रुपन्देहीको क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खाँणको नाम प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ बाट सिफारिस भएको हो ।

नेपाली काँग्रेस २ नम्बर क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले गृहमन्त्री खाँणसहित ५ जनाको नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव विमलराज भटराईका अनुसार खाँणसहित युवराज गिरि, चुन्नुप्रसाद पौडेल, गोकर्ण पौडेल र कृष्णप्रसाद पोखरेलको नाम सिफारिस भएको छ ।

  • १६ भाद्र २०७९, बिहीबार १५:२८ प्रकाशित