वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

केन्द्रभाग मिडिया

गुल्मी ।
गुल्मीमा ६५ वर्षीय वृद्धालाई जवरजस्ती करणी गरेको आरोपमा ३६ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको इश्मा गाउँपालिका – ४ नयाँपोखराकी ६५ वर्षीय वृद्धालाई सोही स्थानका ३६ वर्षीय कृष्णबहादुर सार्कीले घरमा एक्लै भएको मौका छोपी भदौ १३ गते साँझ करिब ६ बजे जवरजस्ती करणी गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

फरार रहेका सार्कीलाई खोजतलास गर्दा गाउँमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए।

  • १६ भाद्र २०७९, बिहीबार १३:१५ प्रकाशित