नारायणगढ–मुग्लिन सडक अवरुद्ध

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ केराबारीमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।

वर्षाका कारण आज बिहान करिब ५ः५० बजेतिर केराबारीस्थित मौरी पुलमा लेदोसहितको पहिरो खसेको थियो । सोही पहिरोले सडकमा सवारी आवातजावत बन्द भएको हो । सडक डिभिजनसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

साँघुरो मौरी पुल खोलाको ग्राभेलले भरिएपछि खोला सडकभन्दा माथिबाट बगेको छ ।

  • १६ भाद्र २०७९, बिहीबार १०:०० प्रकाशित