पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको यहि २४ र २५ भदौमा ३४ औं महाधिवेशन हुँदैछ । यही अधिवेशन मार्फत वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति र उपाध्यक्ष अर्जुन पोखरेल अध्यक्ष बन्ने दौडमा छन् । प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका दुबैजना यति बेला व्यवसायी रिझाउन पनि प्रतिस्पर्धा गरिरहेका छन् ।
पवन प्रजापति प्यानलतर्फ वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।
अर्जुन पोखरेलको प्यानलतर्फ बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले प्रत्यासी छन् ।
दुबै समूह उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिरहेका छन् । बुधबार प्रजापतिको प्यानल नयाँ बजार पुगेर मत माग्दा पोखरेलको प्यानलले अम्मरसिंह चोकमा पुगेर व्यवसायीसंग मत मागेका छन् ।