चोलेन्द्रको बयान भोलि पनि

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बिहीबार पनि बयान लिने भएको छ ।

बुधबार उनको बयान नसकिएपछि भोलि बिहीबार पनि लिने समितिका सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले बताए । समितिले जबरालाई सोध्न यार पारेको प्रश्नमध्ये आज जम्मा ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन् ।

बुधबार बयान दिएका जबराले आफूमाथिको महाअभियोग प्रस्ताव नै अवैध रहेको बताए ।

  • १५ भाद्र २०७९, बुधबार १७:०६ प्रकाशित