काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुहरु अरुको भर्याङमात्र नहुने बताएका छन् । गठबन्धनमा अपमान सैह्य नहुने भन्दै गठबन्धन गरेर कसैको निम्ति भर्याङमात्र नहुने प्रष्ट पारेका हुन् । ।
पार्टीनिकट युवासंघको मेची महाकाली अभियानको बुधबार राजधानीमा आरम्भ गर्दै अध्यक्ष नेपालले आफुहरुको भुमिकालाई अवमूल्यन गर्न खोजे एक्लै चुनाव लड्ने चेतावनी दिएका छन् ।
नेपालले भने, जम्मै सीट आफूले लिने, उब्रेको हामीलाई दिने स्वीकार्य हुन्न । कतिपय ठाएँबाट साथीहरू एक्लै भने पनि लड्न तयार छौं भनिरहनुभएको छ । हाम्रो अपमान गर्ने काम गठबन्धनबाटै भइरहेको छ । फाइदा हुन्छ भने गठबन्धन हुन्छ, फाइदै हुँदैन भने अरुको भर्याङ हुन चाहँदैनौं ।













