राष्ट्रपतिले माओवादी नेताहरुलाई शितल निवास बोलाइन्

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितका नेतासँग छलफल गर्ने भएकी छिन्।

माओवादी नेतालाई राष्ट्रपति भण्डारीले अहिले दिउँसो साढे २ बजे शितल निवासमा डाकेकी हुन्। माओवादी नेताहरु केहीबेरमा शितल निवास पुग्ने जनाइएको छ ।

नागरिकता विधेयक पुनर्विचार गर्न संसदमा फिर्ता पठाएकी राष्ट्रपति भण्डारीले यसअघि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुसँग छलफल गरेकी थिइन्।

  • १५ भाद्र २०७९, बुधबार १४:०९ प्रकाशित