चर्चित हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ को फोटोसहितको ब्यानर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
उक्त ब्यानरमा कट्टेल चुनाव लड्ने खुलाइएको छ । उनले स्वतन्त्रबाट उम्मेदवारी दिन लागेका हुन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उनको उम्मेदवारी रहने छ ।
नीति निर्माण तहमा सक्षम युवा लेखिएको व्यानरमा मंसिर ४ स्वतन्त्र सरकार नारा दिइएको छ । कट्टेलले उम्मेदवारी दिने वारे छलफलमा रहेको बताएका छन् । आफु रानीतिमा आउने चाहेको भने उनले स्विकार गरेका छन् ।
कट्ट्लले निर्वाचन लड्ने उक्त क्षेत्रनम्बर ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।













