श्रृजनशील लघुवित्तको आइपीओ आजदेखि खुल्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

आजदेखि श्रृजनशील लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) बिक्री खुलाएको छ । कम्पनीले सर्वसाधारणका लागि आजदेखि ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुलाएको हो ।

जसअनुसार, लघुवित्तको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओमा आवेदन दिन सकिनेछ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको हो ।

कूल बिक्री खुलाइएको आइपीओमध्ये कर्मचारीले ५ हजार ४७० कित्तामा आवेदन दिन सक्नेछन् ।

  • १५ भाद्र २०७९, बुधबार १२:४६ प्रकाशित