प्रवास ।
फ्रान्समा भएको दौड प्रतियोगितामा नेपालकी सुनमाया बुढाले द्धितीय उपाधि जितेकी छिन् ।
नेपालको विकट जिल्ला जुम्लाकी २३ वर्षीय धाविका सुनमायाले फ्रान्समा भएको विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी)को १०० किलोमिटर दौड प्रतियोगितामा दोस्रो स्थान हासील गर्दै उपाधि जितेकी हुन् ।
गत शुक्रबार (भदौ १० गते) द नर्थ फेस एडभेन्चर क्लबका लागि खेलेकी धाविका सुनमायाले ११ घण्टा ४५ मिनेट ५५ सेकेन्डमा दुरी पार गर्दै द्धितिय उपाधि हात पारेकी हुन् ।
उनी फ्रान्सकै धाविका ब्लेन्डिन हिरोन्डेलसँग पछि परेकी हुन् । ब्लेन्डिन हिरोन्डेलले ११ घण्टा ४० मिनेट ५५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै प्रथम स्थान हासिल गरेकी हुन् ।