गोविन्द सुवेदी,
पोखरा ।
गण्डकी विश्वविद्यालयले कोदो र कोदोबाट बानाईने मदिराजन्य पदार्थको विषयमा अनुशन्धान थालेको छ । अन्नबाली कोदोको खेती विस्तार गर्ने र नेपालका आदिवासी जनजाती समुदायमा प्रचलित कोदोबाट बन्ने मदिराजन्य पदार्थको विषयमा विश्व विद्यालयले अनुसन्धान गरिरहेको विश्व विद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले जानकारी दिए ।
यो अनुसन्धानले खेर गइरहेको पहाडी क्षेत्रको बाँझो जमिनको उपयोग गर्दै कोदोको बाली विस्तारमा सहयोग पु¥याउने छ । साथै यहाँका आदिवासी जनजातिले उत्पादन गर्ने कोदोको मदिराजन्य पदार्थलाई ब्रान्डिङ गर्न सफल हुने उनले बताए ।
कोदो र कोदोबाट बन्ने मदिराजन्य पदार्थको अनुसन्धानले विदेशबाट आउने महंगा मदिरालाई विस्थापित गर्न सघाउ पु¥याउने उनको दाबी छ । ‘हाम्रो विश्वविद्यालयले स्थापनाको छोटो समयमै कोदो र कोदोबाट बन्ने मदिराजन्य पदार्थको विषयमा अनुसन्धान थालेको छ । यसबाट यहाँ खेर गईरहेको बाँझो जमिनमा कोदोको खेती विस्तार हुने र आदिवासी जनजाति समुदायमा प्रचलित मदिरा बनाउने सिपलाई आधुनिकिकरण गर्दै अन्तर्राष्ट्रिय रुपमै ब्रान्डिङ गर्दै विदेशी महंगो मदिराको आयात प्रतिस्थापन गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।
कुलपति प्राडा. गुरुङले यो अनुसन्धानले पहाडी क्षेत्रमा बषौंदेखि स्थानीय तरिकाले मदिरा उत्पादन गर्ने गरेका आदिवासी जनजातिका साथै खेर गइरहेको जमिनमा कोदो खोती मार्फत उपयोग गर्दै मुलुककै अर्थतन्त्रमा कायापलट हुन सक्ने तर्क गरेका छन् । अनुसन्धानका लागि सम्बन्धित क्षेत्रका विज्ञ समूह लागि परेको उनले जानकारी दिए ।
पाँच जिल्लाका आदिवासी जनजातिका ४२५ घरधुरीबाट नमुना संकलन
गण्डकी विश्वविद्यालयले कोदो र कोदोको मदिराजन्य पदार्थको अनुसन्धानका लागि जनजाति समुदायका परम्परागत मदिरा उत्पादन गर्ने ४२५ घरधुरीबाट नमुना संकलन गरेको छ । प्रदेशका विभिन्न पाँच जिल्लाबाट प्रत्यक जिल्लामा ८५ नमुनाका दरले यस्तो नमुना संकलन गरिएको हो । त्यसको रिपोर्ट समेत आइसकेको विश्वविद्यालयका रजिष्टार डा. कैलाश तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार खाद्य प्रविधि विभागमा एक वर्ष लगाएर रक्सीको इथानल, मिथानल, आर्सेनिक, लिड, मर्करी र क्यडमियम जस्ता विभिन्न इन्डिकेटरहरु हेरेर निर्कोल गरिएको हो । संकलन गरेर पठाइएका नमुना मध्ये केहीमा स्वास्थ्यलाई हानी गर्ने विषाक्त तत्व मिथानल भेटिएको छ । तर, थप बैज्ञानिक विश्लेषण गरेरमात्र अन्तिम निचोड बाहिर ल्याइने उनको भनाई छ । मानिसको जीवनसंग जोडिएको रिसर्च भएकाले यसको अनुसन्धानले केही समय लिने उनी बताउँछन् ।
विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रध्यापक डा. देवप्रसाद पाण्डेका अनुसार ति नमुनाहरु नवलपुर, लमजङ, कास्की, स्याङ्जा र म्याग्दीका आदिवासी बाहुल्य बस्तिबाट ल्याइएको हो । छनोट गरि नमुना लिइएका घरपरिवारहरूको सामाजिक–आर्थिक स्थिति सूचकांक मापन गर्नुका साथै उनीहरूको घरायसी अर्थतन्त्रमा स्थानीय मदिराको योगदानको अनुमान समेत विश्लेषण गरिएको छ । ‘हामीले पाँच जिल्लाका विभिन्न जनजाति बाहुल्य बस्तीमा पुगेर जहाँ परम्परागतढंगले मदिराजन्य पदार्थ उत्पादन हुन्छ, त्यहाँ पुगेर उहाँहरुका अनुभव सुन्ने, प्रक्रिया बुझ्ने र नमुना संकलन कार्यगरेका हौं । त्यसको सुरक्षीतढंगले सुस्म अनुसन्धान भएको छ,’ उनले भने । विभिन्न पाँच जिल्लाबाट ल्याइएको ४२५ नमुना मध्ये अनुसन्धान गर्न योग्य एक सय नमुना खाध्य प्रविधि विभाग पठाइएको हो ।
डा. पाण्डेले अब मर्चाको पनि अन्तिम रिपोर्ट आउने तयारीमा रहेको जानकारी दिए । उनका अनुसार चितवनमा रहेको कृषि विश्वविद्यालयमा अहिले मर्चाको परीक्षण गरेर रिपोर्ट तयार पार्ने काम भइरहेको छ । नमुना संकलन गरिएको अलकोहल र मर्चा पछि अब कोदोको उत्पादनको विषयमा समेत अनुसन्धान गरिने उनले जानकारी दिए ।
कोदोको मदिराजन्य पदार्थको अनुसन्धानले सिंगो देशलाई नै समृद्ध बनाउने तथ्य वाहिर ल्याउने उनको दाबी छ । अनुसन्धानले कोदोको मदिराजन्य पदार्थ उत्पादनमा नयाँ रहस्य बाहिर ल्याउने र विदेशी ब्राण्डका रक्सीको आयात घटाउँदै देशलाइृ समृद्ध बनाउने आधार तयार हुने उनको तर्क छ ।
देशको तराई देखि झण्डै हिमाली भागसम्म उत्पादन हुने कोदोको उत्पादकत्व बढाउँदै खाद्यान्न संकट टारिनुका साथै कोदोबाट बन्ने मदिराजन्य पदार्थलाई ब्रण्डिङ गरेर त्यसको प्याटेन्ट राइट समेत नेपालको हुने उनले जानकारी दिए ।
अनुसन्धान गर्न ६ जनाको विज्ञ समूह
कोदो र कोदोबाट बन्ने मदिराजन्य पदार्थको विषयमा अनुशन्धान गर्न गण्डकी विश्वविद्यालयले विश्वविद्यालयका अनुसन्धान केन्द्र निर्देशक सह–प्रध्यापक डा. देव प्रसाद पाण्डेको नेतृत्वमा ६ जनाको विज्ञ टोली खट्टिएको छ । प्राडा दुर्गा देवकोटा, रजिस्टार डा. कैलाश तिमिल्सिना डा. नुवादत्त सुवेदी, डा.सागर रेग्मी, डा. राकेश कुस्मा र डा. रामचन्द्र पौडेल छन् ।
कोदो र कोदोको मदिरा जन्य पदार्थका विभिन्न पक्षसंग सम्बन्धित अनुन्धान बढाउने काम विज्ञहरुले गरिरहेको अनुसन्धानको नेतृत्वकर्ता डा. पाण्डेले बताए । विज्ञ समूहले कोदोको उत्पादन, त्यसबाट कस्तो कोदो मदिराको बारेमा प्रयोग गर्ने, जाँड बनाउने तरिकाका विभिन्न चरण, त्यसमा प्रयोग हुने मर्चा लगायतका स–साना इकाई र समयलाई समेत अध्ययन गरिरहेको प्राडा पाण्डेले जानकारी दिए । मदिरा उत्पादन गर्ने जातजातिहरूमा स्थानीय रक्सीको सामाजिक–सांस्कृतिक र आर्थिक प्रभावको मूल्यांकन समेत विज्ञ समूहले गर्नेछ ।
‘कोदोबाट मदिरा जन्य पदार्थ बनाउने विशिष्ट विधि छ । जसका कारण विशिष्ट गुण र स्वाद प्राप्त भइरहेको छ । त्यसका सबै पाटामा हामी अनुसन्धान गदैछौं । त्यतिमात्र होइन कुन प्रजातिको कोदोलाई कसरी उत्पादन गर्दा विशिष्ट गुणकारी मदिराजन्य पदार्थ उत्पादन हुन्छ त्यसलाई पनि हामी अनुसन्धानमा समेट्छौं’ उनले भने, ‘जसका कारण पहाडमा कोदोको उत्पादन ह्वात्तै बढाउन सकियोस् । अनि यसलाई खाद्यान्नका रुपमा र मदिराजन्य पदार्थ उत्पादका रुपमा प्रयोग गराएर उत्पादन गर्ने किसानको जीवनस्तर माथि उकास्न सकियोस् । हामी यि सबै कुराहरुलाई अध्यानका दायरामा ल्याएका छौं ।’