कांग्रेसबाट कास्की २ ‘ख’ मा उम्मेदवार बन्न प्रत्यक्ष तर्फ ५ र समानुपातिक तर्फ १३ आकांक्षी

केन्द्रभाग मिडिया

पोखरा ।
आउँदो ४  मंसिरमा हुने प्रदेश सभा  र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छनोटका लागि नेपाली कांग्रेसले तयारी सुरु गरेको छ । त्यस क्रममा कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’मा आकांक्षीहरुले पार्टी समितिमा नाम टिपाएका छन् ।

उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचनको उम्मेदवार बन्न ५ जनाले आकांक्षा देखाएका छन् । समानुपातिक उम्मेदवारका लागि १३ जना इच्छुक देखिएका छ्न ।

प्रत्यक्ष उम्मेदवार बन्ने आकांक्षीमा गण्डकी सरकारका वर्तमान भौतिक पुर्वाधार, शहरी विकास तथा यातायात मन्त्री कुमार खड्का, महासमिति सदस्य तथा गण्डकी प्रदेश सरकारका वर्तमान कानुन,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा, माधव प्रसाद बास्तोला “मधु“, मदन बस्नेत र होम बहादुर बानियाँ रहेको प्रदेश सभा क्षेत्रीय कार्यसमिति (ख) का सभापति दिपेन्द्र मर्सानीले जानकारी गराए ।

उनका अनुसार समानुपातिक उम्मेदवार बन्न रामराज लामिछाने, निलम बाटाजु –जनजाती) , मन्जु श्री थापा, राजेन्द्र पहारी,राधाकृष्ण गुरुङ्ग, अब्दुल मजीद मिया(अल्पसंख्यक), अर्पण कोइराला, उमा कुमारी ठकुरी, पदम सिंह गुरुङ्ग,ऋषिराम सापकोटा,कल्पना बराल,लक्ष्मी पाण्डे,चोलेन्द्र पौडेल आकांक्षा देखाएका छन् ।

नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र समितिले आकांक्षीमध्ये प्रत्यक्षतर्फ एकजना महिलासहित ३ जनाको नाम पार्टी केन्द्रलाई सिफारिस गर्ने मर्सानीले बताए ।

  • १३ भाद्र २०७९, सोमबार २०:३८ प्रकाशित