कास्की १ ‘ख’ मा कांग्रेसबाट प्रत्यक्ष तर्फ ७ र समानुपातिक तर्फ २२ आकांक्षी

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की निर्वाचन क्षेत्र नम्बर १ ‘ख’मा प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवारका आकांक्षीले नाम टिपाएका छन् । प्रत्यक्षमा ७ र समानुपातिकमा २२ जनाले उम्मेदवार बन्ने आकांक्षा देखाएका हुन् ।

प्रत्यक्ष तर्फ नाम दर्ता गर्नेमा पार्टी जिल्ला पदाधिकारी देखी महासमिति सदस्यसम्म छन् । क्षेत्र समिति सभापति कृष्णप्रसाद कोइराला, महासमिति सदस्य दीपक गुरुङ, महासमिति सदस्य विकास लामा गुरुङ, जिल्ला समिति सचिव भानुभक्त ढकाल, सह–सचिव नवीन सिग्देल, अनिता तिमिल्सिना र भोजप्रसाद गुरुङ छन् ।

त्यस्तै समानुपातिक तर्फ बजिरमान श्रेष्ठ, माया बराल क्षेत्री, रेनुका गुरुङ, पर्शुराम बि पोखरेल, चौबहादुर गुरुङ, आनन्दी राणा, निशा मल्ल ठकुरी, मीरादेवी आचार्य, शिरोमणि बराल, सरिता कार्की, लोककुमारी गुरुङ, संज्ञा पोखरेल, इन्द्रमाया बानियाँ, पूर्णकला घर्ती, नारायणप्रसाद बराल, रामकुमारी पौडेल, लेखबहादुर गुरुङ, विष्णु कार्की, अर्जुन गुरुङ र यमबहादुर गुरुङ आकांक्षी छन् ।

  • १३ भाद्र २०७९, सोमबार १६:०३ प्रकाशित