सरकारले त्रिविमा गुण्डागर्दी सिकायो : प्रदीप ज्ञवाली

केन्द्रभाग मिडिया

काठमाडौँ ।
नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकलाई आक्रमण गर्नेहरूमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै विश्वविद्यालयमा यसरी प्राध्यापकहरूमाथि आक्रमण हुनुले तथा अराजकता मौलाउनुले शिक्षाको गुणस्तर कायम नहुने बताए।

‘प्राध्यापकमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने कुरा। प्रहरी पछिपछि त्यही आक्रमणमा संलग्न विद्यार्थीहरू अघिअघि गएर तालाबन्दी गर्ने, तोडफोड गर्ने कार्यकक्षहरू। माइन्युटहरू समेत लुटेर जाने जुन स्थिति बनेको छ’ उनले भने, ‘यसमा न कुलपति बोल्नुभएको छ, न सहकुलपति बोल्नुभएको छ, न गृहमन्त्रीले नै जवाफ दिनुभएको छ । प्रमुख प्रतिपक्ष यो स्थितिलाई टुलुटुलु हेरेर बस्न सक्दैन। के कुनै संस्थाहरुको स्वतन्त्रता यसरी नै समाप्त पारिने हो ?’

त्रिभूवन विश्वविद्यालय चरम गुण्डागर्दीले त्रसित रहेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो विद्यार्थी संगठनलाई गुण्डागर्दी गर्न सिकाएको हो रु भन्ने प्रश्न गरे। प्रधानमन्त्री र गृहमन्त्री स्वयं विद्यार्थी राजनीतिबाट मुलुकको शीर्ष स्थानमा पुगेको उल्लेख गर्दै उनले त्रिभूवन विश्वविद्यालयमा भएको विकृतिलाई रोक्नुपर्ने बताए।

  • १३ भाद्र २०७९, सोमबार १४:४५ प्रकाशित