पोखरा उद्योग वाणिज्य संघ : प्रजापती समूहको आज महेन्द्रपुल वजारमा प्रचार

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी अध्यक्ष तथा संघका वर्तमान वरिष्ठ उपाध्यक्ष पवन कुमार प्रजापतीको समूहले आज महेन्द्रपुल क्षेत्रका व्यवसायीहरुको घर दैलो गर्दै वजारको पार्किङ् व्यवस्थापनका विषय उठाएको छ ।

पटक–पटक पोखरा महानगरपालिका र ट्राफिक व्यवस्थापनसँग छलफल गर्दा पनि समस्या समाधान नभएको भन्दै आफ्नो कार्यकालमा जसरी पनि पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनको भनाई थियो । उनले आवस्यकता हेरेर सडक पार्किङ्लाई पाला सिस्टम गर्ने विषयमा पनि पहल गर्ने उनको भनाई छ ।

विशालवजार एरियाका व्यवसायीहरुले उनीहरुले अनुभव प्राप्त र उद्योग व्यवसायी वुझेको व्यक्ति हुदा मात्रै समगै व्यवसायीको हित हुने धारणा राखे अध्यक्षका प्रत्यासी प्रजापती, महासचिव वलराम आचार्यसहित अन्य सदस्यहरुले पोखराको महेन्द्रपुल तथा व्यस्थ वजारमा व्यवसायीको समस्या तथा व्यववसायीलाई कसरी प्रर्वदन गर्न सकिन्द्ध भन्ने विषयमा छलफल समेत गरेको छ ।

  • १२ भाद्र २०७९, आईतवार २१:२५ प्रकाशित