जोण्टा क्लवको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

केन्द्रभाग मिडिया

पोखरा ।

जोण्टा क्लवको आयोजनामा पोखरामा महिलाहरुका लागि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जन्यन्ति ट्रष्टसंगको सहकार्यमा ‘गो रेड फर उमन’ नारा दिइएको उक्त शिविर पोखराको भाटभटेनी प्रांगणमा भएको हो ।

कार्यक्रममा झण्डै ४ सय महिलाले लाभ लिएको जोण्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले जानकारी दिइन् । उनका अनुसार शिविरमा महिलाहरुको निःशुल्क ब्लड प्रेसर, नाप, तौल, ईसिजी, बिएमआई, ब्लड ग्लुकोज लगायत टेष्ट गराइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा एकेडेमी अफ हेल्थ साईन्सका भिसी प्रोफेसर डा. डुक बहादुर क्षेत्रीले तीजको बेला महिलाहरुलाई लक्षित गरि आयोजित कार्यक्रम सान्दर्भिक भएको बताए । यो सामाजिक क्षेत्रका लागि उदाहरणिय कार्य भएको उनको भनाई थियो ।

त्यस्तै कार्यक्रमका विशिष्त अतिथि पोखरा महानगरपालिका वडा न.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । क्लबले आगामी दिनहरुमा आयोजना गर्ने कामहरुमा पनि वडाले हातेमालो गर्ने मर्सानीले जनाए ।

 

  • १२ भाद्र २०७९, आईतवार २१:०९ प्रकाशित