७ जनाले छाडे विवेकशील साझा

केन्द्रभाग मिडिया

काठमाडौं ।

बागमती प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठ सहित विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यले संयुक्त रूपमा राजीनामा दिएका छन् ।

पद्धति, पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासको मूल्य मान्यता र मर्म विपरीत रहेको एवं सुसंस्कृत सहभागितामूलक राजनीति र समतामूलक समृद्धिलाई संस्थागत गर्ने कुनै प्रयास नदेखिएको आभास सहित हामीले पार्टीको केन्द्रीय समिति सदस्य नरहने गरी राजीनामा दिने निर्णय गरेका हुन् ।

पद्धति, पारदर्शिता, इमानदारी, उत्कृष्टता जस्ता मूल्य र मान्यताका साथ सुसंस्कृत राजनीति र समतामूलक समृद्धिलाई संस्थागत गर्न मूलधारे राजनीतिक दलहरूलाई चुनौती दिँदै विवेकशील साझा पार्टीको स्थापना भएको भए पनि पार्टी भित्र सो कायम नभएको भन्दै उनीहरूले पार्टीबाट संयुक्त रूपमा विज्ञप्ति जारी गरी राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरूमा प्रदेश सांसद श्रेष्ठसहित केन्द्रीय सदस्य जमुना शर्मा, राज्य लक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धर रहेका छन् ।

  • १२ भाद्र २०७९, आईतवार १६:५१ प्रकाशित