पोखरा ।
लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले हिजो आज कुसे औंसी अर्थात बुबाको मुख हेर्ने दिनको अवसरमा निशुल्क मधुमेह परीक्षण सम्पन्न गरेको छ ।
सचेतना कार्यक्रम स्वरुप गरेको उक्त निःशुल्क परीक्षणमा १४४ जनाले लाभ लिएको डिस्ट्रीक ३२५ आइ नेपाल जोन(१०) चियरपर्सन लायन कृष्ण श्रेष्ठ (रोजि)ले जानकारी दिइन् ।सिर्जना चोकमा अवस्थित भैरव मार्ग टोल सुधार समितिको गेट अगाडि सो कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक डाइबिटिज प्रोग्राम चिफ नवीन भण्डारी , विशेष अतिथि डा. शैलेश गुरुङ, डिपार्टमेन चिफ बासु सर, रिजन चियरपर्सन लायन मोहन राज पौडेल, जोन चियरपर्सन ला.रोजि श्रेष्ठ, प्रोग्राम संयोजक सुर्य राना, भरतराज सिग्देल सुर्य पोखरेल, दामु सर, भगवान सर , सिरी गिरी , दीपकराज घिमिरे रहेका थिए ।

कार्यक्रमका विशेष अतिथि डा. शैलेस गुरुङले डाइबिटिज हुनबाट जोगिन के–के गर्ने, डाइबिटिजका बिरामीले कस्ता कुरामा ध्यान दिने, के खाने भन्नेबारेमा बताएका थिए ।
यस्तै कार्यक्रममा लायन कृष्णा श्रेष्ठ(रोजि) ले पछिल्लो समय लायनमा विकृति विसंगति छ र लायन हुने खानेको संस्था हो भनेर गलत प्रचार भएको बताइन् ।
उनले यही भ्रमलाई चिर्नको लागि लायन्स क्लबले टोलटोलमा यस्ता सामाजिक कार्यहरुलाई तीव्रता दिएको भनाई राखिन् । उनले लायन्स क्लब सामाजिक कार्यमा अग्रसर रहने सर्वसाधरणकै सामाजिक संस्था रहेको बताइन् ।















