यसरी भत्काइयो भारतको ‘ट्वीन टावर’ (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
भारतको नोयडा राज्यमा दुई ठूला टावर एकैपटक विस्फोट गरेर भत्काइएको छ। आइतबार भारतीय समय अनुसार दिउँसो २ बजेर तीस मिनेटमा उक्त भवनमा विस्फोट गराइएको हो ।

यसका लागि करिब ३ हजार ७ सय किलो बारूदको प्रयोग गरिएको थियो। अहिले उक्त क्षेत्रमा प्रवेश निषेध गरिएको छ भने बिहानदेखि भवन छेउछाउको क्षेत्रमा रहेका करिब ७ हजार व्यक्तिका घरलाई पनि खाली गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार करिब ३२ तले भवन भत्काउनका काउनडाउन सुरु गरिएको थियो। उक्त क्षेत्रमा करिब ५ सय ६० प्रहरी, १०० रिजर्भ फोर्स र ४ क्विक रेस्पोन्स टिम एनडीआरएफ तैनाथ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतको इतिहासमा सबैभन्दा ठूला भवन विस्फोट गराएर भत्काएको यो पहिलो घटना हो। उक्त दुई भवन भारतको ट्वीन टावरका रूपमा परिचित थिए। उक्त भवन अवैध रुपमा बनाइएको भन्दै सन् २०१२ मा इलाहावाद हाइकोर्टमा मुद्धा परेको थियो। त्यसपश्चात अदालतले सन् २०१४ मा यसलाई भत्काउन आदेश दिएको थियो।

  • १२ भाद्र २०७९, आईतवार १५:१४ प्रकाशित