पोखरा ।
अटवारी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज आज सार्वजनिक बिदा दिएको छ। थारू जातिले मनाउने अटवारी पर्वको अवसरमा सो समुदायलाई प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। बिदा मिलान गर्ने गरी थारु समुदायलाई पर्व बिदा दिएको लुम्बिनी प्रदेश सरकारले जानकारी दिएको छ ।
यसैगरी, थारुहरुको चाड अटवारीका अवसरमा दाङ जिल्लाका ४ स्थानीय तहले पनि सार्वजनिक बिदा दिएका छन् । तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, राप्ती गाउँपालिका र दंगीशरण गाउँपालिकाले थारू जातिले मनाउँदै आएको अटवारी पर्वको अवसरमा बिदा दिएका छन ।
सूर्यको उत्पति भई संसार उज्यालो भए पछि मानवसहित सम्पुर्ण प्राणीहरूको कल्याण भएको मान्यता अनुसार थारु समुदायले सूर्यको पूजा आराधना गरि यो पर्व मनाइने परम्परा रहेको थारू समुदायको भनाइ छ। यो थारु समुदायको दोस्रो ठुलो पर्व हो ।














