काठमाडौं ।
आगामी मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा चुनावका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धन कसरत छ ।
तर सत्तारुढ गठबन्धनभित्रका दलको आ–आफ्नै अडानको कारण अझै सिट बाँडफाँटको टुंगो लाग्न सकेको छैन । यसैबीच सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।
कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी राखेको छ । १६५ निर्वाचन क्षेत्रमध्ये करिब ४० सिटमा कांग्रेसको एकल दाबी छ । यस्तै माओवादीको एकल दाबी रहेका करिब १० सिटमात्र छन् ।
१६५ निर्वाचन क्षेत्रमध्ये करिब ६ सिटमा जसपाको र दुई सिटमा एकीकृत समाजवादीको एकल दाबी छ । तर, राष्ट्रिय जनमोर्चाले दाबी गरेका दुई सिटमा भने गठबन्धनभित्र दोहोरो दाबी छ ।














