तीजको अवसरमा हुने कार्यक्रममा मौलिकता झल्किनु पर्छ : मन्त्री बराल

केन्द्रभाग मिडिया

पर्वत।

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले तीजको अवसरमा आयोजना गरिने जुनसुकै कार्यक्रममा पनि मौलिकता झल्किनुपर्ने बताएका छन् । पर्वतको कुश्मा नगरपालिका १४ स्थित आर्थर डाँडाखर्क युवा क्लवको आयोजनामा यही १४ भदौं सम्म संचालन हुने तीज मेला तथा पुरुष भलिवल प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रमको शनिबार उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन् ।

अहिलेका तिज गितमा समृद्धि र संघियताको बारेमा आम जनतालाई बुझाउने गरी गित प्रस्तुतः गर्न महिलाहरुमा उनले आग्रह गरे । निर्वाचन आचार संहिता छिट्टै लागु भएमा चाहेर पनि बजेट व्यबस्थापन गर्न नसकिने मन्त्री बरालले बताए । उनले सडक स्तरोउन्नती गर्न केही पहल गर्ने बचन दिए । आर्थिक बर्ष २०८०/०८१ मा फुलवारी देखि आर्थर डाँडा र सदरमुकामसम्म जोड्ने कालोपत्रे सडक निर्माणमा बिषेश पहल गर्ने उनले आस्वासन दिएका छन् ।

राजनीतिक दलहरुमा बहुमत र प्रतिस्पर्र्धा भन्दा सहमतीय प्रणालीबाट अघि बढ्दा नेपालको आर्थिक विकास र समृद्धि हुने उनको भनाई छ । समृद्धिको जग नबन्दासम्म प्रतिस्पर्धा भन्दा सहमती प्रणालीमा जानु उपयुक्त हुने मन्त्री बरालको भनाई थियो । उनले भने ‘आर्थर डाँडामा आउदै गर्दा क्लव, आमा समुह, बिद्यालयबाट गरिएको आतिथ्यता मेरो लागि ठुलो पुँजी हो ।’

कुश्मा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष रुद्रमोहन रिमालले पछिल्लो समयमा युवाहरु विदेशीले क्रम बढेको अबस्थामा यस्ता मेला महोत्सव गर्नु प्रसंसनीय कार्य भएको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेलले आफ्नो पहलमा उक्त क्षेत्रमा केही बर्ष अघि ६४ करोडको बजेट परेको भएपनि नेता तथा सांसदहरुको कारण कार्यान्वयनमा समस्या भएको गुनासो गरे । फुलवारी, नेटा, तिलाहार–राम्जा सडकको योजनामा परेको बजेट आन्तरिक बिबादको कारण कार्यान्वयन नहुदा आफुलाई निकै दुःख लागेको बताउदै उनले अर्थ मन्त्री बराल समक्ष बजेट विनियोजन गर्न माग गरे ।

कार्यक्रममा क्लवका अध्यक्ष कमल गुरुङ, स्थानीय मेखबहादुर गुरुङ, नेपाली कांग्रेसका मानबहादुर क्षेत्री, माओबादी केन्द्रका युवा नेता अनुपम पौडेल, पन्चकोशी माविका प्रध्यानाध्यापक प्रकाश सापकोटा, आर्थर डाँडाखर्क कतार समाजका संस्थापक अध्यक्ष धन सुनार खाती, क्लवका उपाध्यक्ष सुदिप शर्मा, सचिब लक्ष्मण शर्मा लगायतले आर्थर डाँडाखर्कको आर्थिक विकास र समृद्धिको लागि सडक स्तरोउन्नती गर्न माग माग गरे ।

 

  • ११ भाद्र २०७९, शनिबार १८:५७ प्रकाशित