पोखरा ।
बिशाल बचत तथा ऋण सहकारी सस्थाको २३ औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४५ युनिट रगत सकंलन भएको छ ।
पोखरा ४ बुद्ध बिशाल बजारमा रहेको उक्त सहकारी सस्थाको स्वास्थ्य उप–समिति संयोजनमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा वोल्दै बिशाल बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष भुवन नेम्कुलले सहकारीले विभिन्न समयमा सामाजिक उतर दाहित्वका कामहरु गरिरहेको जानकारी दिए । उनले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरीएको बताए ।
सहकारीका उपाध्यक्ष शिव शर्माले सामाजिक उतरदायित्व अन्तरगत सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रममा सहकारीका स्वास्थ्य उप समिति सयोजक बुद्धी पौडेल सहकारीकी सचिव तारा पराजुली पौडेल लगाएतले रक्तदान कार्यक्रमको बारेमा बोलेका थिए ।














