पोखरा ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस नेतृत्वले गठबन्धनको विरोध गर्न छोड्नुपर्ने बताएका छन् । कास्की कांग्रेसले पोखरामा आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान कार्यक्रमको सुभारम्भ गदैँ नेता पौडेलले गठबन्धनको विकल्प नभएकाले निर्वाचनको मुखमा गठबन्धनको विरोध नगर्न आग्रह गरे । पौडेलले कांग्रेस गठबन्धनको विरुद्धमा जान नसक्ने पनि बताए ।
गठबन्धनका विपक्षम अथवा पक्षमा छैन भनेर अभिव्यक्ती दिदै जादाँ हामी कति परिणाममुखी हुनसक्छौँ । व्यक्तीगत रुपमा म पनि गठबन्धनको पक्षमा छैन, कांग्रेस अझै १५ वर्ष सत्तामा नगय पनि पर्खेर बस्न सक्छु उनले भने । सत्तामा पुग्नका लागि गठबन्धन गर्नुको विकल्प नभएको पनि उनले प्रष्ट पारे ।
पार्टी भित्र यो विषयको द्धन्द मात्र हामीले गरिरहने हो की यसलाई प्रकृयागत रुपमा निर्णय गरेर अगाडी बढिसेक पछि यसको प्रभावकारीता बढाउने हो । अब गठबन्धनको पक्षमा हामी काेही छैनौ भने पनि हुनुपर्ने भएको छ, पौडेलले भने ।
समाजवादी र माओवादी एक्लै निर्वाचन नलड्ने भएकाले पनि गठबन्धन गर्न बाध्य भएको उनले बताए । नेपालमा भएका राजनीतिक दलहरु अर्को खालको गठबन्धन नबनाई एक्लै निर्वाचन लड्न जाने अवस्था थियो भने नेपाली कांग्रसलाई सबैभन्दा बढि फाइदा हुने उनको भनाई थियो ।
हामीले गठबन्धन नगदैँ गर्दा अर्को गठबन्धन हुने सुनिश्चित भए पछि सत्ता तिरको यात्रा हाम्रो सम्भव हुदैँन । सत्ताको यात्राको विमुख हुने केही समयका लागि वाहिरै बस्ने हैन भने त्यो अठोट हुनुपर्यो । त्यो अठोट हैन भने सत्तामा जानैका लागि गबबन्धन गर्नुपर्ने बाध्याता भयो, उनले भने ।
हाम्रा विरुद्धको गठबनधनका लागि असम्भव बनाउनका निम्ति, रोक्नाका निम्ति र सत्तामा जाने हाम्रो चाहनालाई पुरा गर्न गठबन्धको बाटोतिर हिड्नुको विकल्प नभएको उनले बताए ।
अब यो गठबन्धनलाई उपयोग गर्नु पर्नेमा उनले जोड दिए । २०७४ को निर्वाचनमा ५ हजार भन्दा कम मतले ४३ वटा निर्वाचन क्षेत्रमा पराजित भएको स्मरण गदैँ पौडेलले एमालेले गठबन्धन गरेर बढाएको ५ हजार मत अब कांग्रेसले बढाएर ती ४३ वटा क्षेत्र जित्नुपर्ने तर्क गरे ।
उनले सिट बाडफाड र उम्मेदवार चयन गर्दा ध्यान दिनुपर्ने बताए । गठबन्धनमा एक सय सिट पायौँ भने ८०/ ८५ सिट जित्न सक्ने तर्क गरे ।














