निहारिकाले करिश्मालाई फिर्ता दिइन् पैसा : करिश्मा विरुद्ध उजुरीको तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

न्यायको लागि लडिरहेकी ‘कुमारी आमा’ निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरलाई भेटेर उनले दिएको पैसा फर्कादिएकी छिन् ।

निहारिकाले करिश्माले दिएको २१ हजार रूपैयाँ र छोरालाई किनिदिएको चश्मा फिर्ता दिएकी हुन् । तिज दर खान पार्टी प्यालेसमा रहेकी करिश्मालाई पार्टी गरिरहेकै ठाउँमा गएर पैसा फिर्ता दिदाँ केहीबेर विबाद भएको थियो ।

निहारिका गत असारमा पहिलोपटक अनशन बस्दा करिश्माले उनलाई २० हजार रुपैयाँ सहयोग दिएकी थिइन् । तर, दोस्रोपटकको अनशनमा भने करिश्माले आफूले गरेको सहयोगप्रति पछुतो व्यक्त गरेकी छन् । उनले निहारिकाका निजी तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएकी थिइन् ।

करिश्माले आफ्नो अनुमतिविना तस्वीरहरू सार्वजनिक गरेको भन्दै निहारिका उनीसँग रिसाएकी थिइन्। आफ्नो गोपनियता उल्लंघन र चरित्रहत्या गरेको आरोपमा करिश्मामाथि उजुरीसमेत दिने उनको तयारी छ ।

  • १० भाद्र २०७९, शुक्रबार १६:२३ प्रकाशित