माओवादीले कर्णालीका २ मन्त्रीलाई फिर्ता बोलायो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले कर्णालीका दुई मन्त्रीलाई फिर्ता बोलाएको छ ।

अर्थमन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको हो । प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाइएको माओवादीले जानकारी दिएको छ ।

उनीहरुको ठाउँमा कृष्णा शाह र रातो विकलाई पठाइने भएको छ । शाह जाजरकोटबाट समानुपातिक सांसद हुन भने विक रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

  • १० भाद्र २०७९, शुक्रबार १४:०२ प्रकाशित