माझठाना पोखरा सम्पर्क समाजको रक्तदान : ३२ युनिट रगत संकलन

केन्द्रभाग मिडिया

पोखरा ।
माझठाना–पोखरा सम्पर्क समाज, पोखराले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अमंरसिंह चोकमा भएको खुल्ला रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको रामचन्द्र तिवारीले जानकारी दिए ।

रक्त संचार सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा समाजका पदाधिकारी, सदस्य एवं स्वेच्छिक रक्तदाताले रक्तदान गरेका थिए ।

२०७३ सालमा स्थापना भएको समाजले सामाजिक उत्तरदायीत्वलाई बहन गर्दै सामाजिक कृयाकलापमा अग्रसर हुदैँ आएको छ ।

सामाजिक उत्तदरायीत्व अन्र्तगत रक्तदान कार्यक्रमको अयोजना गरिएको समाजका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक नरेश तिवारीले जनकारी दिए । समाजका अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीको प्रमुख आतिथ्यता रहेको थियो ।

सो अबसरमा बोल्दै शाहीले रगतको आवश्यकता दिन दिनै बढ्दै गएकाले रगतको संकलन पनि बढाउनुपर्नेमा जोड दिए । उनले सामाजिक संघसंस्थाको सहयोगले रगतको निरन्तर आपुर्ती हुदैँ आएको बताए । अध्यक्ष तिवारीले हरेक वर्ष रक्तदान कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता गरे ।

प्रमुख अतिथी शाही,समाजका संस्थापक अध्यक्ष एवं पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने, अध्यक्ष तिवारी,समाजका पदाधिकारी लगायतका अतिथीले कार्यक्रममा रक्तदातालाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

  • १० भाद्र २०७९, शुक्रबार १३:१७ प्रकाशित