काठमाडौं ।
नेपाली कांग्रेसले ‘जनताको साथमा नेपाली कांग्रेस’ चुनावी अभियान आजदेखि शुरू गर्न लागेको छ ।
शुक्रबार देशभरि कांग्रेसले अभियान शुरु गर्नेछ । अभियानका लागि कांग्रेस मुख्यालयबाट ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाइएका छन् ।
अभियान भदौ २४ गतेसम्म चल्ने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
कांग्रेसले सात प्रदेश कार्यसमितिबाट पनि अभियानका लागि जिल्लाहरूमा प्रतिनिधि पठाएको छ ।
कांग्रेसले अभियान सकिएपछि घरदैलोलगायतका कार्यक्रम गर्नेछ ।
प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले अभियान सफल बनाउन शुभकामना र निर्देशन दिएको प्रवक्ता डा. महतले बताए ।
निर्वाचनको मिति नजिकिँदै गर्दा कांग्रेसले आफूलाई जनतामा केन्द्रित गर्न थालेको छ ।














