पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज शुक्रबार डलर एकको खरिददर १२७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १२८ रुपैयाँ १२ पैसा रहेको छ ।
आज एक युरोको खरिददर १२७ रुपैयाँ ४१ पैसा बिक्रीदर १२८ रुपैयाँ रहेको छ । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १५० रुपैयाँ ९६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६७ पैसा रहेको छ ।
आज एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा रहेको छ । यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ ८० पैसा र बिक्रीदर ९२ रुपैयाँ २३ पैसा रहेको छ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०८ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८५ पैसा र बिक्री दर ३५ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ५२ पैसा र बिक्रीदर २८ रुपैयाँ ६५ पैसा रहेको छ ।