यी ४ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

अहिले गण्डकी, लुम्बिनी , प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदुर पश्चिम, कर्णाली, लुम्बिनी र प्रदेशहरूमा सामान्य बदली र बाँकी प्रदेशमा मनसुनमा आंशिक बदली रहेको छ ।गण्डकी प्रदेश अन्तर्गत कास्कीको पोखरा, काँडे, लुम्ले लगायतका केही भेगमा अहिले वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक(दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

वर्षाको सम्भावना रहेको पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

  • १० भाद्र २०७९, शुक्रबार ०९:१७ प्रकाशित