सिट बाँडफाँट कार्यदलको बैठक बस्दै : गठबन्धनमा सहमति जुट्नै सकस

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमित जुट्नै सकस परेको छ । सहमति जुटाउनको लागि सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ ।बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

बिहीबार कार्यदलसहित शीर्ष दलका नेताहरूको बैठकमा आ-आफ्नै दाबी प्रस्तुत भएपछि सिट बाँडफाँट टुङ्ग्याउन आज बैठक बस्न लागेको हो ।

उक्त बैठकमा नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दाबी पेस गरेका थिए ।

कांग्रेसमा भने सिटका विषयमा सबै नेताहरूको एउटै मत छैन । महामन्त्री गगन थापाले १०० सिटबाट तल नझर्ने अडान लिएका छन् भने पार्टी सभापति शेरबहादुर देउवाले भने लचकता देखाएका छन् ।

  • १० भाद्र २०७९, शुक्रबार ०९:०० प्रकाशित